फुटबलर देवकोटालाई बगर भाइखलकको लाख सहयोग
पाेखरा | कात्तिक १२, २०७९
पोखरा: फुटबलर अञ्जन देवकोटालाई बगर भाइखलकले उपचारका लागि १ लाख आर्थिक सहयोग गरेको छ ।
पोखरेली फुटबलर देवकोटाको बायाँ घुँडाको अप्रेशनका लागि १ लाख सहयोग प्रदान गरिएको पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका भाइखलकका सदस्य इश्वर (चन्द्र) गुरुङले जानकारी दिए ।
उनका अनुसार पोखरा महानगरपालिका १ निवासी फुटबलर देवकोटालाई स्पोर्टस् क्यासलमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको हो ।
‘उनको सामान्य उपचारले मात्रै नहुने भएपछि अप्रेशन नै गर्नुपर्ने भनिएपछि हामीले केही आर्थिक सहयोग गरेका हौं, गुरुङले भने, ‘यो सहयोग रकम यथेष्ट नभएपनि केही सघाउ पुग्नेछ ।’
फुटबलर देवकोटा दमौलीमा भएको खेलमा घाइते भएका थिए ।
सहयोग ग्रहणपश्चात बोल्दै देवकोटाले बगर भाइखलकप्रति आभार प्रकट गरे । ‘मेरो खुट्टाको उपचारका लागि भाइखलकका मामाहरुले सहयोग जुटाइदिनु भयो । त्यसको लागि बगर भाइखलकका मामाहरुप्रति एकदमै आभारी छु ।’ उनले भने ।
उनले बगर भाइखलकसँगै अन्य विभिन्न व्यक्तित्वहरुले समेत सहयोग प्रदान गरिरहेको जानकारी दिदैं सफल अप्रेशनपछि फेरि खेलमा फर्किने बताए । ‘मेरो अप्रेशन सफल भइसकेपछि डाक्टरको सल्लाह सुझाव अनुसार म केही महिनाको बेडरेष्टमा हुनेछु, ‘पूर्ण रुपमा ठिक भएपछि फेरि मैदानमा फर्किनेछु ।’
फुटबलर देवकोटा विभिन्न प्रतिष्ठित क्लबहरुबाट फुटबल प्रतियोगिता खेल्दै आएका थिए ।
सोही कार्यक्रमकै अवसरमा पोर्चुगल जान लागेका क्लबका खगेन्द्र गुरुङ (कान्छा) लाई खलकका पदाधिकारीहरुले खादा लगाएर विदाई गरिएको थियो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

